छोरीलाई करणी गरेर बाबु फरार

 

चैत २६, चितवन । चितवनमा एक जना बाबुले आफ्नै छोरीलाई जबरजस्ती करणी गरि फरार भएका छन् । पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी दिएपछि छोरीलाईनै बाबुले जबरजस्ती करणी गरेको पाईएको हो । 

चिया पसल संचालन गर्दै आएका बाबुले श्रीमती नभएको मौका छोपी छोरीलाई करणी गर्ने गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ति बाबुले छोरीलाई ३,४ महिना अघिदेखी करणी गर्दै आएको बताईएको छ । 

null

स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गर्दा ति अभियुक्त सोमबार बिहान देखी फरार भएका छन् । फरार अभियुक्तको तीव्र रुपमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *