क्रिसमसमा भारतीय गायक गजेन्द्रलाई धरानमा वान्समोर

पुस १२, धरान । त्यसो त फेशन र संगीतको शहर धरानलाई रमाइलो गर्न खासै चाडवाड चाहिँदैन । धराने युवायुवतिहरु वर्षभरी नै फुर्सदको समय मनोरञ्जन र मस्तीमा हुन्छन् । 

डिसेम्बर २५ अर्थात क्रिसमस डेको अवसरमा धरानमा आयोजित ‘गजेन्द्र बर्मा लाइभ इन धरान म्युजिकल साँझ’ मा पनि धराने युवायुवतिहरु खुलेरै नाचे । मस्ती गरे ।  

 

null

धरानमा पहिलोपटक अन्तराष्ट्रिय कलाकार गजेन्द्र बर्मालाई स्टेजमा उतारेको थियो सिल्भर इन्टरटेन्टमेन्टले । दिउसो ३ बजेबाट कन्सर्ट सुरु गर्ने भनेपनि बेलुकी ६ बजिसकेको थियो सांगितिक माहौल तातिन । अबेर सुरु भएपनि धरानेहरु भारतीय गायक गजेन्द्र बर्मालाई हेर्न र उनका हिट गीत सुन्न धरान रंगशालामा एकत्रित भएका थिए । 

उनीहरु पुसको जाडोलाई पनि वेवास्ता गर्दै स्टेज अगाडी उफ्रिएको देखेपछि गायक गजेन्द्र वर्मापनि नतमस्तक भए । अघिल्लो दिन राजधानीको दरबारमार्गमा क्रिसमस इभमा देखापरेका गायक गजेन्द्रले आफ्नो हिट गीत ‘इस्मे तेरा घाटा मेरो कुछ नहिँ जाता’ गाउँदा पुरै रंगशाला गुञ्जायमान भएको थियो । उनले कन्सर्टमा आधा दर्जन बढी गीत गाएर धराने ठिटाठिटीलाई नचाए । 

 

गजेन्द्र वर्मा अघि नै स्टेजमा धरानकै चर्चित गायक शिव लामिछानेले सांगितिक माहौल चर्काएका थिए । युवापुस्ता माझ एक समय लोकप्रिय रहेका शिवले ‘ चाहे माया गर’, ‘पुरानो माया’, ‘जानी न कि मैले’, ‘चन्द्र र सूर्य भएसम्म’, जस्ता गीत पस्किँदा धराने दर्शकले उनलाई औधी रुचाए । कन्सर्टमा आएकी गायिका आस्था राउतले ‘चौवन्दीमा’ गाउँदा स्टेज अघिल्तिर नाचिरहेका युवायुवतिहरुले वान्समोर भने ।  

 

धरान–१७ विजुवा मार्ग निवासी एकल महिला जानुका विक घर निर्माण र अनाथ बालबालिका क्षेत्रमा सहयोगार्थ सिल्भर इन्टरटेन्टमेन्टको ब्यानरमा आयोजित कार्यक्रम हेर्न धरान, तरहरा, इहटरी तथा धनकुटाबाट समेत दर्शक धरान ओइरिएका थिए । कन्सर्टको होस्ट नायिका रिमा विश्वकर्मालाई समेत धरानबासीले न्यानो सांगितिक स्वागत गरेका थिए । 

सम्पूर्ण तस्विरः लक्ष्मण थापा 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *