प्रधानमन्त्री ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गर्ने तामाङ पक्राउ

 

जेठ ६, काठमाडौं । सरकारले अहिले सामाजिक सञ्जालमा अफवाह फैलाउने, जथाभावी पोष्ट, कमेन्ट गर्नेलाई नियन्त्रणमा लिने क्रम जारी राखेको छ । यसै शिलशिलामा सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपमा प्रहरीले फेरि एक जनालाई नियन्त्रणमा लिएको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्दिन्छु’ भनेर कमेन्ट गरेको आरोपमा सिन्धुपाल्चोकका लालबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । 

null

सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लेखेको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *