१ किलो सुनसहित एक युवा पक्राउ

बैशाख २०, रौतहत । रौतहटमा आज एक किलो सुन सहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

पक्राउ पर्नेमा २१ वर्षका अनुकेशकुमार साह रहेका छन् । विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कमा चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।  उनको साथबाट ४ सुन टुक्रा सुन जस्ताे देखिने धातु फेला पारिएकाे र उक्त बस्तुलाइ सुनचाँदी व्यवसायी संघ गरुडामा परिक्षण गर्दा सुन प्रमाणित भएको प्रहरीले जानकारी दिएका छन् । 

null

उनले लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा उक्त १ किलाे सुन लुकाइ  छुपाइ ल्याएको र हाल साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएका छन् 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *