हावाहुरी प्रभावितलाई शेरबहादुर देउवाले २५ लाख दिने
मकालु खबर
२०७५ चैत १९ गते
चैत १९, काठमाडौँ । बारा र पर्साका हुरीप्रभावितलाई नेपाली कांग्रेसले २५ लाख राहत उपलब्ध गराउने भएको छ ।
मंगलबार हावाहुरी प्रभावितलाई भेट्न पुगेका सभापति देउवाले २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।
null
यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।
आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाको मृत्यु भएको थियो भने ४ सय भन्दा बढी घाइते भएका थिए ।
मकालु खबर
२०७५ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित