आइएमईले ल्यायो वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा
चैत्र १४, काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले अहिलेको परिस्थितिमा डिजिटल मनी ट्रान्सफर र भुक्तानी उपयुक्त हुने भन्दै ‘चार गुण सशक्त’ नामक नयाँ योजना ल्याएको छ ।
आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आईएमई पे ले आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना ल्याएको हो ।
‘आइएमई पे’ मोबाइल वालेट खातामा के–के छन् सुविधा ?
वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदर
आइएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरुले यो योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि सेवाग्राहीहरुले वालेटमा एक हजारको न्यूनतम ब्यालेन्स राख्नु पर्नेछ ।
अब सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स (च्झष्ततबलअभ) थिची सजिलै मोबाइलमा प्राप्त गर्न सक्नेछन् । साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिन्छ ।
यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ । बैंक बाट वा बैंकमा रकम ट्रान्सफर गर्दा हाल कुनै शुल्क लाग्दैन । आइएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।
टप–अप अर्थात् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक
यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र हाल नेपाल टेलिकमले १०० प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।
५०० रिवार्ड पोइन्टस्
यो योजना अनुसार कुनैपनि आइएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आइएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । रिवार्ड पोइन्टलाई वालेटको ब्यालेन्समा पनि परिणत गर्न सकिन्छ ।
सजिलो, भरपर्दो र छरितो क्यास आउट
हाल विश्वव्यापी महामारी फैलिएको अवस्थामा आइएमई पे सबैलाई डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी आफ्नो अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न अनुरोध गर्न चाहन्छ । सेवाग्रहिहरुको आवश्यकतालाई ध्यानमा राखी आइएमई पे एप मार्फत नै भुक्तानी तथा मनि ट्रान्सफर गरि सजिलो, भरपर्दो र छरितो सेवा लिन सक्ने सुबिधा ल्याएको छ ।
देशको स्थिति सामान्य हुदै गएपछि नगदको आवश्यकता परेमा देसभारिका कुनै पनि नजिकको एजेन्टबाट वालेटको रकम निशुल्क निकाल्न पनि सकिन्छ । यो सुविधाले बाहिर नगई घरैबाट सेवाग्राहीहरुको आवश्यकता पुरा गर्न सहयोग पग्ने विश्वास छ ।