प्रहरीको गोलीबाट मारिएका सिंहको परिवारलाई सरकारले १० लाख राहत दिने

 

असार २६, काठमाडौं । सरकारले प्रहरीको गोली लागी ज्यान गुमाएका ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले गत असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाएका सिंहको परिवारलाई १० लाख राहत दिने निर्णय भएको जानकारी दिएका हुन् । 

null

बाँस्कोटाले सिंहको परिवारलाई राहत दिने र घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा उपचारका क्रममा भएको खर्चको भएको बिल सरकारले तिरिदिने उनले बताए । 

सर्लाहीको बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा खाल्डोमा डुबेर एक १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि आक्रोशित स्थानीयले असार १५ गते पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । बाँके चौकमा शव ल्याएर प्रदर्शन स्थानीयले प्रदर्शन गरेका थिए । 

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा टाउकोमा गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका करिब २७ वर्षीय सरोज नारायण महतो (देवन) को मृत्यु भएको थियो । 

स्थानीयको विरोधले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सडक खुलाउन हवाई फायर गर्दा दुर्घटना भएको प्रहरीको दाबी थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *