एन आई सी बैंक र नारायणी वयोधा हस्पिटलबीच सम्झौता
मकालु खबर
२०७६ असार १३ गते
असार १२, काठमाडौँ । एन आई सी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमो छुट सम्बन्धी सम्झौता भएको छ ।
यस बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको हो
null
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका हुन् ।
मकालु खबर
२०७६ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित