सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रौतहटको दोस्तियामा

पुष २१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटको सन्तपुर दोस्तियामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवाविस्तार गरेको हो ।   

यसैक्रममा बैंकलले रौतहट जिल्लाको फ्mतुवाबिजयपुर नगरपालिका –५ सन्तपुर दोस्तियामा यहि पौष १८ गतेबाट १०३ ओैँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।   

फतुवाबिजयपुर नगरपालिकाकी उप–मेयर कान्ती देवी महतोले सेवाको उद्घाटन गरेकी हुन् । 

शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउनबै.कले बताएको छ । 

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *