पुनः म्याद थपका लागि महरालाई आज अदालत लगिँदै

कात्तिक ३, काठमाडौं । जबरजस्ती करणीको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज (आइतबार) अदालत लगिँदै छ ।   

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका महरामाथि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लैजान लागिएको हो ।   

यसअघि गएको असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतले दिएको सो म्याद सकिएसँगै आइतबार पुनः म्याद थप गर्न दिउँसो अदालत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । 

पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए। तर, स्वास्थ्यमा गडबडी भएपछि नर्भिक अस्पताल भर्ना भएका उनी अझै अस्पतालमा नै छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *