डा कोइरालाले हावाहुरी पीडितलाई तत्काल राहत पुर्याउन गरे माग


काठमाडौं, १८ चैत्र । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी क्षतिप्रति दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् । आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २७ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् ।
कांग्रेस नेता डा कोइरालाले आइतबार बिहान सन्देश दिँदै बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन् ।
null
‘यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको छ’, डा कोइरालाले भनेका छन्, ‘मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु ।’
डा कोइरालाले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपील गरेका छन् । आइतबार राति आएको आधा घण्टाको हावाहुरीले हजारौँ सर्वसाधारणको घर, गोठ भत्काइदिएको छ ।
भत्किएका घर र गोठ निर्माणका लागि पनि राहत दिनुपर्ने कोइरालाले सरकारसँग आग्रह गरेका छन् । नेता कोइरालाले हावाहुरी पीडितहरूको उद्धारमा खटिएका सुरक्षाकर्मी, स्थानीय र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूलाई धन्यवाद पनि दिएका छन् ।
