मर्जरका लागि बैंकहरुलाई धेरै समय दिन सकिँदैनः गभर्नर
मकालु खबर
२०७६ असार २४ गते
असार २३, काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले अनावश्यक कुरा गरी मर्जरको विरोध नगर्न आग्रह गरेका छन् ।
सोमबार राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव लिन सरोकारवालासँग सोमबार भएको छलफलमा गभर्नर नेपालले यस्तो आग्रह गरेका हुन् ।
null
अमेरिका जस्तो मुलुकमा समेत बैंकहरु मर्जरमा गइरहेको भन्दै उनले नेपालमा बैंकको संख्या घटाउनु आवश्यक रहेको स्पष्ट पारे ।
छलफलमा उनले मर्जरका लागि बैंकहरुलाई धेरै समय दिन नसकिने पनि बताए ।
यसअघि वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनका लागि पनि १० वर्ष समय लगाएको भन्दै उनले अब यस्तो खुला छाड्न नसकिने धारणा राखे ।
मकालु खबर
२०७६ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित