कोटेश्वरमा खुकुरी प्रहार गरी गम्भिर घाईते बनाउने एक पक्राउ
जेठ २४, काडमाडौँ । काठमाडौँको कोटेश्वरमा खुकुरी प्रहार गरी एक युवालाइ गम्भिर घाइते बनाउने चार जनाको समूह मध्ये एकलाई प्रहरीले पक्राउ परेको छ । घटनामा संलग्न अन्य भने फरार रहेका छन् ।
काठमाडौं वौद्ध बस्ने दोलखा घर भएका २१ वर्षीय निमा शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भिर घाइते बनाउने काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने सर्लाही नवलपुर घर भएका २४ वर्षीय विशाल मगरलाई प्रहरीले पक्राउ गरेका हुन् ।
null
प्रहरीका अनुसार कोटेश्वरस्थित एसओएस मोड नजिक मगर लगायत ४ जनाको समूहले शेर्पालाई निर्घात कुटपिट गरी धारिलो हतियार खुकुरी प्रहार गरेका थिए ।
उक्त खुकुरी प्रहारबाट गम्भिर घाईते भएका शेर्पाको सिभिल अस्पताल मिनभवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मगरमाथी अनुसन्धान भईरेको र घटना घटाई फरार रहेका आरोपीहरुको खोजीकार्य भईरहेको छ ।