नेटवर्किङ व्यवसायमा ठगी गरेकाे आरोपमा तीन पक्राउ

 

साउन ७, चितवन ।  नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गर्ने तिन जनालाइ चितवन प्रहरीले पक्राउ गरेको छ । 

एल.टि.एभरेष्ट हर्वल लाईफ ग्लोबल प्रा.लि.नामको संस्थाले चितवनमा सर्वसाधरणलाई झुक्काएर व्यवसाय सञ्चालन गरेको सुचनाको आधारमा तिनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

null

पक्राउ पर्नेहरुमा कम्पनीका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका पालिका ७ बस्ने बर्ष ३७ को सुमन भन्ने जहरमान घिसिङ र सदस्यहरु जिल्ला गोरखा पालुङटार नगगरपालिका १० बस्ने बर्ष ३९ को डि.बि.भन्ने दल बहादुर गुरुङ, जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका ९ बस्ने बर्ष ४३ की पार्वती के.सी.रहको प्रहरीले जनाएको छ । 

काठमाण्डौमा दर्ता गरी चितवन जिल्लामा समेत सर्व साधारणहरुलाई झुक्याई प्रतिवन्धित नेटवर्कीङ व्यवसाय संचालन गरी ठगी गरी रहेको भन्ने सूचनाको आधारमा उनीहरूलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *