बैशाख २१ देखि सेनाले हुरी प्रभावितको घर निर्माण गर्ने

 

बैशाख १६, बारा । बारा–पर्सामा हावाहुरीका कारण क्षतिग्रस्त भएका घरहरु सेनाले बैशाख २१ गतेबाट निर्माणको थालनी गर्ने भएको छ । 

प्रभावित क्षेत्रको स्थलगत अवलोकन र सेनासँगको छलफलपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आँधीले भत्काएको १ हजार ४ सय ५३ वटा घर निर्माण कार्य  बैशाख २१ देखि सुरु गर्ने जानकारी दिएका हुन् । 

null

उनका अनुसार हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटी घर बनाउने कार्य सुरु गरिनेछ । 

सरकारले हुरीप्रभावित घरहरु निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ प्रदान गरिसकेको छ । 

गत बैशाख १७ गते राति आएको टोर्नाडो नामक आँधीमा परि २८ जनाको मृत्यु भएको थियो भने पाँच सय भन्दा बढी घाइते भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *