नक्कली बिवरण पेश गरी नागरिकता लिन खोज्ने पक्राउ

 बैशाख १६, बीरगञ्ज । नक्कली बिवरण पेश गरी नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीय व्यक्ति प्रहरीको फन्दामा परेका छन् । 

 

पक्राउ पर्नेमा भारतीय नागरिक सुदामा साह तेली रहेका छन् । उनले जिल्ला प्रशासन कार्यालय पर्सामा नक्कली बिवरण पेश गरि नेपाली नागरिकता दिलाउन खाजेको पर्साका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिएका छन् । 

null

साहले २०६३ सालमा नक्कली बिवरण पेश गरि वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना देखाएर ३४३०८ र ४८ नम्बरको नागरिकता लिएका थिए भने २०६८ पुष २० गते साहको नागरिकता बदर गरिएको थियो । सोही नागरिकता लिएर साहले आफनो छोराको नागरिकता बनाउन खोेज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । 

२०७१ सालमा नक्कली विवरण पेश गरि साहले नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइ सकिएको प्रहरीले जानकारी दिएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *