नाडेप लघुवित्तको हकप्रद सेयर पाउन मंसीर ६ गतेसम्म किन्नुपर्ने

काठमाडाैँ मंसिर ५  । नाडेप लघुवित्तको १ः१ हकप्रद शेयर निष्काशन गर्ने मिति तोकेको छ । लघुवित्तले १६ लाख कित्ता हकप्रद बिक्री गर्न लागेको हो । मंसिर २३ गते देखि पुष २९ गतेसम्म बिक्री खुल्ला हुने लघुवित्तले जनाएको छ । 

लघुवित्तले हकप्रद निष्काशन गर्न मंसिर ७ गते शेयरधनी दर्ता किताब बन्द गर्ने छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद खरिद गर्न सक्ने छन् । हकप्रदका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल तथा नाडेप लघुवित्तको केन्द्रिय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन बुझाउन सक्ने व्यवस्था छ । साथै आश्वा सदस्य बैंक तथा वित्तिय संस्था र तिनका शाखा कार्यालयबाट आबेदन दिन सकिनेछ । 

हाल लघुवित्तको चक्ता पूँजी १६ करोड रुपैयाँ छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्ने छ । लघुवित्तको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *