निर्मला हत्या प्रकरणमा फरार रहेका विष्ट अदालतमा हाजिर

 

चैत ५,  भीमदत्तनदगर ।  कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उनी बर्खास्त भएका छन् । 

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले अदालतको ३५ दिने सूचना जारी भएका बेला बर्खास्त प्रहरी उपरीक्षक विष्ट केहीबेर अघि अदालतमा निवेदनसहित उपस्थित भएको बताए । 

null

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित केही प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा गत पुसमा उजुरी दिएका थिए । श्रेष्तेदार अवस्थीले अदालतमा उपस्थित भएका विष्टको बयानपछि थुनछेक बहस हुने जानकारी दिए । 

उनीसँगै अदालतमा अनुपस्थित रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी भने उपस्थित भएका छैनन् । मुद्दाका आरोपी अन्य प्रहरी कर्मचारी यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाई रु दुई लाख ५० हजारदेखि पाँच लाखसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *