भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुग्यो, विश्वभर ६ लाख बढी संक्रमित

फाइल तस्विर 

चैत्र १६, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ भने भारतभर ९७९ जना संक्रमित भएका छन् ।  

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा ६, गुजरातमा चार, कर्नाटकमा तीन तथा मध्य प्रदेशमा दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।  

काेराेना भाइरसबाट २४ घण्टामै थप १०३ ...

संसारभर हालसम्म कोरोना भाइरसका कारण ३० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने ६ लाख ६४ हजार १ सय ३ जनामा सक्रमण पुष्टि भइसकेको छ । नेपालमा पाँच जनामा संक्रमण देखिएको छ, जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *