नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक
चैत्र १६, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले थप दुईओटा अनलाईन सेवा सञ्चालनमा ल्याएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ग्राहकको सुविधालाई ध्यान दिई म्याच्युरिटी क्लेम र क्लेम इन्टाइमेशन अनलाईन सेवा सञ्चालनमा ल्याएको हो ।
म्याच्युरिटि क्लेम सेवा मार्फत बीमितहरुले बीमा लेख म्याच्युरिटी हुने समयावधीको जानकारी लिन सक्नेछन् ।
यस सेवामा म्याच्युरिटिको समय पुगेका बीमितहरुले आप्mनो बीमा लेखको म्याच्युरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याच्युरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी क्लेम इन्टाइमेशन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।
तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
म्याच्युरिटी क्लेम र क्लेम इन्टाइमेशन सेवाको लागि लिंक
https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspxhttps://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
म्याच्युरिटी क्लेम र क्लेम इन्टाइमेशन सेवा लिने टुटोरियलको लागि लिंक
https://www.youtube.com/watch?v=_qWRkT1o4Hchttps://www.youtube.com/watch?v=_qWRkT1o4Hc
विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक
https://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theaterhttps://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theater