कास्की प्रहरी प्रदेश नं. ४ को उत्कृष्ट
“
पोखरा, असोज २७ । जिल्ला प्रहरी कार्यालय कास्की ४ नम्बर प्रदेशकै उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ ।
प्रहरी दिवसको अवसरमा शुक्रबार क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल र प्रदेश प्रहरी प्रमुख कमल सिंह बमले संयुक्त रुपमा सम्मान गरेका छन । कास्की प्रहरी प्रहरीले अपराध नियन्त्रण, ट्राफिक ब्यवस्थापन, शान्ति सुरक्षा, जुवातास लगायतका अपराधहरु निणन्त्रण गर्न खेलेको भुमीकाको मुल्याकंन गर्दै सो सम्मान गरिएको हो ।
गएको बर्ष कास्की प्रहरीले अपराध नियन्त्रण र लागु औषध नियन्त्रणमा उल्लेख्य प्रगती गरेको थियो । उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पनि कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह सम्मानित भएका छन्। एसपी सिंह पोखरा आएपछि बर्षौदेखि अपराधमा संलग्न भएर फरार भएका ३० जना फरार अभियुक्त पक्राउ परिसकेका छन् भने जुवातास र लागुऔषध नियन्त्रणमा उल्लेख्य प्रगति हात पारेको छ ।
यसैबीच, पोखरामा ६२ औं प्रहरी दिबस भब्य कार्यक्रमका साथ मनाइएको छ । सशत्र प्रहरी गण मुख्यालयमा भएको कार्यक्रममा प्रहरीको क्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा ब्यक्ति सम्मानीत भएका छन् । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले समाजमा शान्ति सु–व्यवस्थाका साथै सुशासन कायम राख्न प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय भएको बताए । उनले समयसापेक्ष सेवाको प्रभावकारिताको लागि प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने समेत बताए ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले शान्ति सुरक्षा, अमनचयन कायम गराउँदै सामाजिक विकृति, विसंगतिको अन्त्य गर्न नेपाल प्रहरीले महत्वपूर्ण योगदान हुने बताएका थिए । उक्त अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । यसैबीच, विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
“