आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

चैत २९, काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।   

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपहाडी भू-भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तो छ आगामी दुई दिनको पूर्वानुमान 

null

चैत्र  २९ गते (शनिबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशको पहाडी भू-भागमा आँशिक  बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।   

चैत्र ३० गते (आईतबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी  भू-भागमा अपरान्ह पछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

रातीः  देशको पहाडी भू(भागमा आँशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *