एमाले र माओवादी बैठक पनि बस्दै

काठमाडौं, असोज २९ । एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन नेकपा एमालेको बैठक पनि बस्दैछ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस भएर आएको एमालेले जनाएको छ ।

सबैको नाम प्रस्ताव गरेर छलफल गर्दा लामो समय गुज्रिने देखिएपछि प्रदेश संयोजकहरूमार्फत ‘सर्ट लिस्टिङ’ गरेर स्थायी समितिबाट समानुपातिकतर्फका उम्मेदवार टुंग्याउने गरी एमालेले अन्तिम गृहकार्य गरिरहेको छ । आज त्यही सूचीमा छलफल गरेर अन्तिम नाम तय गर्ने एमालेले जनाएको छ ।

आज ४ बजेसम्म सूची बुझाउने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । यस्तै माओवादी केन्द्रले पनि अहिले बिहान छलफल गरेर नाम तय गर्दैछ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *