३ लाख नगदसहित बानेश्वरबाट समातिए १३ जुवाडे
मकालु खबर
२०७६ पुस २६ गते
पुस २६, काठमाडौं । काठमाडौंको बानेश्वरबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं–३१ को एक घरबाट जुवा खेलिरहेका १३ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट तीन लाख ७५ हजार ४९० रूपैयाँ नगद समेत बरामद गरिएकोवृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित