विश्वका १० सबैभन्दा धनी राष्ट्रप्रमुख, कसकाे कति छ सम्पत्ती ?

एजेन्सी । विश्वको सबैभन्दा धनी राष्ट्रपति को हो त ? राष्ट्रपति राज्यको प्रमुख जो सधैँ आफ्नो देशको हितको लागि प्रतिबद्ध हुन्छ । सिङ्गो राष्ट्रलाई विश्वभर चिनाउन र आफ्ना जनतालाई समृद्ध र शक्तिशाली बनाउनको लागि उनीहरूले निकै तनावको सामना गर्नु परेको हुन्छ । तर, ती तनावका बाबजुत उनीहरूले मनज्ञ पैसा पनि कमाएका हुन्छन् । सन् २०१७ मा विश्वको सबैभन्दा धनी १० राष्ट्रपति को–को हुन् त ?

०१. रुसका राष्ट्रपति भ्लादमिर पुटिन

भ्लादमिर पुटिन रुसका वर्तमान राष्ट्रपति हुन् । सन् २०१२ मे ७ देखि हालसम्म उनले रुसको राष्ट्रप्रमुखको रूपमा रुसको राज्य सत्ता संहालिरहेका छन् । पुटिनको जन्म ७ अक्टोबर १९५२ मा सेन्ट पिर्टस्बर्गमा भएको थियो । अमेरिकी आर्थिक पत्रिका फोक्सका अनुसार पुटिन ४० अर्ब डलर कुल सम्पति सहित विश्वको धनी राष्ट्रपतिको सूचीमा पहिलो नम्बरमा परेका छन् । उनको वार्षिक तलब १८७ हजार डलर रहेको छ । उनी १९९९ देखि २००० सम्म रुसको प्रधानमन्त्री थिए भने २००० देखि २००८ सम्म राष्ट्रपति भएका थिए । उनी २००८ देखि २०१२ पुःन प्रधानमन्त्री भएका थिए ।

०२. थाइल्याण्डका राजा महा भाजिरालोङकोर्न 

महा भाजिरालोङकोर्न विश्वका सबैभन्दा धनी राजनेता हुन् । उनी लामो समयदेखि राष्ट्र प्रमुखको रूपमा सेवारत छन् । उनको देशमा ठुलो प्रतिष्ठा छ । उनी राजा भूमिबोल अदुल्यादेज र रानी सरकिटका एक मात्र छोरा हुन् । फोक्सका अनुसार उनको कुल सम्पति ३० अर्ब डलर रहेको उल्लेख गर्दै उनलाई विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुखको सूचीको दोस्रो स्थानमा राखेको छ । उनकाे जन्म २८ जुलार्इ १९५२ मा भएकाे थियाे ।

०३. ब्रुनेईका सुल्तान हसनल बोलकियाह 

विश्वभरमा नै ब्रुनेईका सुल्तान, हसनल बोलकाहको सबैभन्दा ठुलो निजी निवास छ । आफै ७४७–४०० को उडान भर्ने गर्छन् । उनको लागि विशेष कारहरुको सङ्ग्रह पनि छ । फोक्सका अनुसार उनको कुल सम्पति २० अर्ब डलर छ जसले उनलाई फोक्सको यो सूचीको तेस्रो स्थानमा सजिलै पारेको छ ।

०४. यु्. ए.ई. का राष्ट्रपति खलीफा बिन जायद अल नाहयान 

खलीफ बिन जायद अल नाहयान यु.ए.ई का राष्ट्रपति हुन् । उनको जन्म २५ जनवरी १९४८ मा यु.ए.ई को अल एन मा भएको थियो । उनी उनले गरेको ठुलो धनराशि ४६० करोड डलरको सहयोगका कारणले पनि निकै चर्चा आएका छन् । साथै उनी उक्त सहयोयका कारणले विकीलिक्समा पनि उल्लेख गरिएका छन् । यद्यपि उनी उनको भव्य जीवनशैली छ । त्यसैले १५ अर्ब डलर कुल सम्पति सहित उनलाई फोब्र्सले विश्वका सबेभन्दा धनी राष्ट्र प्रमुखको सूचीको चौथौं स्थानमा राखेको छ ।

०५. उपराष्ट्रपति र दुबईका शासक मोहम्मद बिन राशिद अल मकतूम 

उनी यु.ए.ई का उपराष्ट्रपति र प्रधानमन्त्री तथा दुबईका शासक हुन् । उनले दुबईलाई पूर्ण रूपमा परिवर्तन गरेका छन् र ९९.६ प्रतिशत होल्डिङ्ग कम्पनीका मालिक पनि हुन् । फोक्सका अनुसार, मोहम्मद बिन राशिद अल मकतूमको कुल सम्पति ४ अर्ब डलर रहेको छ र उनी विश्वको सबैभन्दा धनी राष्ट्रपतिको सूचीमा ५ औँ स्थानमा परेका छन् ।

०६. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

डोनाल्ड ट्रम्पको जन्म १४ जून १९४६ मा जमैका अस्पताल मेडिकल सेन्टरमा भएको थियो । उनी अमेरिकाको ४५ औँ र वर्तमान राष्ट्रपति हुन् । उनले २० जनवरी २०१७ मा आफ्नो कार्यकालको सुरुवात गरेका थिए । फोक्सका अनुसार उनी विश्वका सबैभन्दा धनी राष्ट्रपतिको सूचीमा कुल सम्पति ३.५ अर्ब डलर सहित छैठौँ स्थानमा छन् भने विश्वको घृणित कलाकारको सूचीमा पहिलो स्थानमा सूचीक्रित छन् । राजनीतिमा लाग्नु अगाडि उनी टेलिभिजन व्यक्तित्व र व्यापारी थिए ।

०७. लेकस्टेनस्टीनका राजकुमार हन्स–एडम द्धितिय 

उनी एउटा बैंकिङ्ग समूहका मालिक हुनुका साथै उनको एक विशाल कला सङ्ग्रह पनि छ । उनको जन्म १४ फेब्रुवरी १९४५ मा स्विजरल्याण्डमा भएको हो । हन्स–एडम द्धितियले ड्यूक अफ ट्रोप्पाउ र जेगरडोफका साथै रिएटबर्गको उपाधिले पनि सम्मान गरिएको छ । यद्यपि उनी लोकतन्त्रलाई सरकारको निकै राम्रो रूप मान्छन् तर उनको राजतन्त्रमा अडिनुले यसलाई विवादमा पारेको छ । कुल सम्पति ३.५ अर्ब डलर सहित उनी फोब्र्स धनी राष्ट्रपतिको सूचीमा ७ औँ स्थानमा छन् ।

०८. मोरक्कोका राजा मोहम्मद छैठौं 

उनी मोरक्कोका अग्रणी व्यापारी मध्येका एक हुन् र उनको विरुद्ध भ्रष्टाचारको एक पनि आरोप लागेको छैन । कुल सम्पति २.५ अर्ब डलर सहित उनी फोब्र्स धनी राष्ट्र प्रमुखको सूचीमा ८ औँ स्थानमा परेका छन् ।

०९. चिलीका पूर्व राष्ट्रपति सेबेस्टियन पिनेरा 

१ डिसेम्बर १९४९ मा सिएईगो, चिलीमा जन्मेका सेबस्टियन पिनरा चिलीका एक कुशल राजनीतिज्ञ, उद्यमी, प्रोफेसर, लगानीकर्ता, अर्थशास्त्री र व्यवसायी हुन् । उनी २०१०–२०१४ सम्म चिलीका राष्ट्रपति थिए । फोब्र्सका अनुसार उनको कुल सम्पति २.७ अर्ब डलर छ र उनी धनी राष्ट्रपतिको सूचीमा ९ औँ स्थानमा छन् ।

१०. साउदी अरबका राजा सलमान बिन अब्दुलाजीज अल–सौद

सलमान बिन अब्दुलाजीज अल–सउदको जन्म ३१ डिसेम्बर १९३५मा रियाद, साउदी अरबमा भएको थियो । आफ्नो भाइको मृत्यु पछि उनी ८० वर्षको उमेरमा राजा भएका थिए । उनको अधिकांश पैसा तेलबाट कमाउँछन् । फोब्र्सका अनुसार १.३२ अर्ब कुल सम्पतिका साथ उनी यस सुचीको १० औँ स्थातमा परेका छन् । एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *