भोलिदेखि बन्द हुँदै पशुपतिको आरती, २५ जनाभन्दा बढी मलामी नआउन आग्रह

फाइल तस्वीर  

चैत्र ७, काठमाडौं । कोरोना भाइरसको महामारी बढी रहेका बेला सरकारले पशुपति आर्यघाटमा पनि सकेसम्म २५ जना भन्दाबढी मलामी नआउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन सबैमा आग्रह गरेको हो । 

कोषका सदस्य सचिव प्रदीप ढकालले  यस विषायमा घाटामा सूचना दिइसकिएको जनाएका छन् । उनले सामूहिक भजनर्कीतन पनि रोकिएको पनि जानकारी दिए ।   

साथै पशुपति मन्दिर भित्र हुने नियमित नित्य पूजा चलिरहे पनि पशुपति मन्दिर बाहिर हुने आरती भने भोलिदेखि बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।   

त्यस्तै कोषलले मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरेको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ । 

त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *