प्रभु बैंक अब बुटवलको रामनगरमा

 

जेठ ३, काठमाडौं । आजबाट प्रभुले बैंक रुपन्देही जिल्लाको बुटवल रामनगर स्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

उक्त एक्स्टेन्सन कार्यालयको बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका विच समुद्घाटन गरेका छन् । 

null

प्रमुख अतिथि थापाले कार्यक्रममा बोल्दै श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराए । एक्स्टेन्सन कार्यालयले श्रम तथा रोजगार कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहज हुने विस्वास लिइएको बताए । 

एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ । तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने विश्वास लिइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *