बसभित्र बालिकालाई बलात्कार गर्ने सहचालक पक्राउ
मकालु खबर
२०७६ भदौ ३० गते
भाद्र ३०, काठमाडौँ । सोमबार बिहान प्रहरीले काठमाडौँको मनमैंजुमा बसभित्रै ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बसका सहचालकलाई पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई पक्राउ परेको हो ।
बा ४ ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईले बसभित्र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नुका साथै उनकी १० वर्षीया साथीलाई अनैतिक क्रियाकलाप गरी बालिकालाई उनीहरुकै कोठामा छाडेको प्रहरीले जनाएका छन् ।
पक्राउ परेका राईमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ ३० गते
प्रतिक्रिया
सम्बन्धित