निर्वाचन गराउने दायित्वबाट कसैले पनि छुट नपाउने प्रचण्डको टिप्पणी

काठमाडौं, असोज ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताउनुभएको छ । पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारीको बैठकलाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले सरकारबाट माओवादी हटिदियोस् भनेर बाहिर गरिएको प्रचार अनैतिक भएको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले)सँग आगामी निर्वाचनमा तालमेल तथा पार्टी एकताकै प्रक्रिया शुरु गरेपछि नेपाली काँग्रेसका केही नेताले माओवादी सरकारबाट हटिदियोस् भनेर प्रचार गराएको भन्दै अध्यक्ष दाहालले असन्तुष्टि जनाउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापालगायत तीन मन्त्री नियुक्त गरेपछि माओवादी मन्त्रीलाई कामचलाउमा रूपान्तरण गर्ने वा हटाउनेसम्म तयारी भएको भन्ने आफूले पनि सुनेको भन्दै उहाँले आज नै आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र आवश्यक निर्णय लिने जानकारी दिनुभयो । अध्यक्ष दाहालले नेकपा (एमाले)सँग तार्किक निष्कर्षका आधारमा पार्टी एकता हुने भएकाले कुनै पनि दुविधा र गुनासो नगर्नसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *