‘हजार जुनीसम्म’ बाट जम्लान् त विकासराज आचार्य ?

  

साउन २१, काठमाडौं । नेपाली फिल्मका सफल निर्देशक विकासराज आचार्यको सर्वाधिक सफल फिल्महरु ‘नाइ नभन्नु ल’ भन्दा बाहिर आएर फिल्म निर्माण गर्न सकिरहेका थिएनन । 

करिब ५ वर्षसम्म ‘नाइ नभन्नु ल’ मा झुण्डिएका विकासराज आचार्य यसपटक भने ‘नाइ नभन्नु ल’ को ट्यागबाट बाहिरीएका छन् । आउँदो साउन ३० गते रिलिज हुन लागेको ‘हजार जुनीसम्म’ नामक फिल्मबाट आचार्य ‘नाइ नभन्नु ल’ को ट्यागबाट बाहिरिएका हुन् । 

null

 

विकासराजले निर्देशन गरेको महत्वकांक्षी फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर रिलिज भएसँगै चर्चा बटुलेपनि निर्देशकलाई भने ठूलो चुनौति देखिन्छ । प्रायः रोनाधोना फिल्म बनाएर दर्शकको सेन्टिमेन्ट तान्न खप्पिस विकासराजका ‘नाई नभन्नु ल’ सिरिज मध्ये एक दुई वटा वाहेक अन्यको कथा औषत छन् । यसकारण विकासराजको ‘हजार जुनीसम्म’मा पनि त्यस्तै कथा बुनिएको त छैन ? दर्शकले अनुमान नलगाउने कुरा हैन । ‘हजार जुनीसम्म’को ट्रेलर हेर्दा यो फिल्म ‘नाई नभन्नु ल’ को प्लट बाट बाहिर रहेको अनुमान मात्र गर्न सकिन्छ । 

फिल्ममा नाम चलेका कलाकारको भिड छ । चकलेटी नायक आर्यन सिग्देल, वुलवुल गर्ल स्वस्तिमा खड्का, प्रियंका कार्की, सलोन बस्नेत, अनुभव रेग्मी, सञ्चिता लुईंटेललगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मले कलाकारको भिडले नै ब्यापार बढाउँछ भन्न नसकिएला । तैपनी, ‘हजार जुनीसम्म’ले खडेरी परेको नेपाली चलचित्रमा पानी पार्ने अनुमान निर्देशकको छ । 

आधुनिक फेमिली ड्रामा रहेको फिल्ममा हाँसो, रोदन, माया, मिलन विछोडको संगम रहेको निर्देशकको दावि छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासँग मिलेर तयार पारेका हुन् । कविराज गहतराजको नृत्य, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीतले ‘हजार जुनीसम्म’लाई संगीतमय बनाएको दावि गरिएको छ । 

विशाल चाम्लिङ निर्माता रहेको फिल्मकी कार्यकारी निर्मात्री कविता रेग्मी हुन् । निर्देशक आचार्यले ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिजमा ‘नाई नभन्नु ल–६’ बनाउने उद्घोष गरिसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *