धरानमा नन्द–भाउजूद्वारा शिशु अपहरण
असार २६, धरान । धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १३ दिने शिशु अपहरणका आरोपमा दुई महिलालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
null
सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का जितनारायण मेहता र बबिता मेहताको छोरा अपहरण गर्ने लिला र मीनले बुधबार मध्ये राती शिशुको आमा बबिता र बबिताका भतिज रोशन मस्त निन्द्रामा भएको बेला प्रसूति वार्डबाटै १३ दिनको नवजात शिशु अपरहण गरेका प्रहरीले जानकारी दिएको छ ।
शिशु अपहरणमा परेको सूचना पाउनसाथ शिशुको खोजीमा खटिएको प्रहरी टोलीले शिशु अपहरण परेको ३ घण्टापछी शिशुलाई शकुसल उद्धार गरिएकाे इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।
शिशुको अपहरण गरी भारत लैजाने तयारी गरिरहेका लिलाले प्रहरी समक्ष आफ्नो सन्तान नभएपछी शिशुलाई आफ्नो छोरा बनाउने उदेश्यले अपहरण गरेको बयान दिएकी छिन् ।
पक्राउ परेका लीला र मीनामाथी कारवाहीको लागि अघि बढाईएको र उनीहरुमाथी थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।