प्रचण्ड र ओलीको बढि पुजा भयोः बरिष्ठ नेता माधब नेपाल

पुस ७, काठमाडौं । नेकपाका बरिष्ठ नेता माधबकुमार नेपालले नेतृत्वको बढी पूजा भएको भन्दै त्यसरी पूजा गर्न आवश्यक नरहेको धारणा राखेका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्षद्वय केपी ओली र प्रचण्डको ज्यादै नै प्रशंसा भएको भन्दै त्यसो भनेका हुन् ।  

स्थायी कमिटीमा बोल्दै नेता नेपालले भने–‘अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन आत्मप्रशंसक हो । त्यो गलत छ, त्यसलाई सच्चाउनु पर्छ ।’ उनले भने–‘नेतृत्वको पुजा नगरौँ, नेतृत्वको प्रशंसामा बढी ध्यान केन्द्रीत नगरौँ ।’ 

उनले भएका संगठनात्मक एकीकरणमा कमजोरी भएको भन्दै संगठन एकीकरणका वाँकी काम अहिलेको बैठकले टुंगो लगाउनु पर्ने भन्दै संगठनात्मक एकीकरणमा कमजोरी भएकोले त्यसलाई सच्याएर अघि बढ्नु पर्ने जिकिर गरे ।  

null

‘त्यसमा कुनै तर्कले ढाकछोप गर्न मिल्दैन । बाँकी एकीकरणका काम यही बैठकले टुंगाउनु पर्छ । पोलिटव्यूरोको गठन यहि बैठकले गर्नुपर्छ । अव स्थायी कमिटीको बैठक दुइ दुइ महिना बस्नु पर्छ ।’ नेता नेपालले भने । 

नेता नेपालले पार्टी भित्र र जनताबीच सरकारबारे आलोचना गर्न पाउनुपर्ने धारणा राखेका छन् । ‘सरकारको सकारात्मक आलोचना पार्टी भित्र र जनताको बीचमा पनि गर्न पाउनु पर्छ । त्यसलाई नकारात्मक दृष्टिकोणले हेर्नु हुँदैन ।’ 

पार्टीले सरकार संचालन गर्ने कुरामा स्पष्ट नभएको भन्दै सरकारका नीति कार्यक्रम, नियुक्ति लगाएतबारे पार्टीमा छलफल नभएको, त्यसमा पार्टीको भूमिका नदेखिएको तथा अव पार्टीले सरकार सञ्चालन गर्ने तर्फ ध्यान दिनुपर्ने औल्याए ।  

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेपालसँगै झलनाथ खनाल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र गिरिराजमणि पोखरेलले बोलेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *