साइबर क्राईमको आरोपमा विप्लव नेता पक्राउ

बैशाख २९, काठमाडाैँ ।   विप्लव समूहका एक नेतालाई साइबर क्राईमको आरोपमा प्रहरीले पक्राउ गरेका छन् । 

 

पक्राउ पर्नेमा ताम्सालिङ मुक्ति मोर्चा रामेछापको इलाका संयोजक विवेक लामा भनिने वीर बहादुर मोक्तान रहेका छन् । उक्त संगठन विप्लव नेकपाको जनवर्गीय संगठन रहेको छ । 

null

भक्तपुरको सूर्यविनायकबाट पक्राउ परेका उनीमाथी सम्मानित संस्थाको अपमान गरी फेसबुकमा फोटो शेयर गरेको आरोप लागेको प्रहरीले जानकारी दिएका छन् । 

पक्राउ परेका उनीमाथी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर पठाईएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *