तिहारमा टेलिकमको छुटैछुट
“
काठमाडौं, असोज ३१ । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ ।
सो योजना बुधबार (भोलि)देखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । यस्तै, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ ।
टेलिकमले यु–ट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ । रु १०० मा एक जीबी डाटा उपलब्ध गराउनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ ।
यस्तै, रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ ।
यस्तै, रु १० मा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सीडीएमए नेटवर्कभित्र रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महसुलमा रु २७५ कल निःशुल्क उपलब्ध गराइनेछ ।
कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ ।
“