अलगअलग मतपत्र हुनुपर्ने माग गर्दै दायर गरिएको रिट खारेज

कात्तिक १, काठमाडाैं । सर्वाेच्च अदालतले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको अलग अलग मतपत्र हुनुपर्ने माग गर्दै दायर गरिएको रिट खारेज गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने माग गर्दै दायर गरेकाे रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधिशदय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै रिट खारेज गरिदिएको हो । बुधवार सर्वोच्चले रिट खारेज गरिदिएपछि अब मङ्सिर १० र २१ गतेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्न निर्वाचन आयोग र सरकारलाई कुनै बाधा नहुने भएको छ ।

निर्वाचनका लागि आवश्यक मतपत्र छाप्ने काम समेत सुरु भएकाले त्यसमा अन्तरिम आदेश दिइरहनु नपर्ने देखिएको सर्वोच्च अदालतका प्रवक्ता सह रजिष्टार नारायणप्रसाद पन्थीले जानकारी दिए । सर्वोच्च अदालतले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन ऐन अनुसार कार्य गर्न गराउन निर्वाचन आयोग गम्भीर हुने विश्वास पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *