फिल्मी शैलीमा प्रहरी नै अपहरण गर्ने गाँजा तस्करलाई गोली हानी पक्राउ

असोज ८, मकवानपुर । कुनै फिल्मी शैलीभन्दा कम छैन  गाँजा तस्कर र प्रहरीको चेकिङमै प्रहरीलाई अपहरण गरेको घटना । घटना हो फिल्मी शैलीमा प्रहरीलाई नै अपहरण गरी गाँजा तस्कर गर्ने १ जनालाई गोली हानी मकवानपुर प्रहरीले हेटौंडाबाट नियन्त्रणमा लिएको सन्दर्भ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७८ केजी ८ सय ग्राम लागूऔषध गाँजा सहित एक जनालाई पक्राऊ गरेको छ । प्रहरीले गएराति करीब १ बजे हेटौंडाबाट बाराको पथलैया तर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको मालबाहक ट्रकलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा चेकजाँच गर्नेक्रममा प्रहरी जवान संजिवकुमार दास ट्रकको क्याबिन चेकजाँच गर्दागर्दै तस्करले प्रहरीलाई नै नियन्त्रणमा लिई भागेका थिए ।   

चालकले अपहरण शैलीमा प्रहरी जवान समेतलाई कब्जामा लिएर फरार भएपछि पछ्याउने क्रममा करीब ३ किलोमिटर पर नयाँबस्ती सडक खण्डको जङ्गलभित्र लगेर प्रहरी जवान दासलाई चालक सहित अर्को एकजनाले निर्घात पिटिरहेको देखेपछि प्रहरी जवान छुटाउन प्रहरीले २ राउण्ड गोली प्रहार गरेको थियो । 

गोली लागी ट्रक चालक बीरगञ्ज वडा नम्बर २९ बस्ने अफ्रिका चौधरी घाईते भएका छन् भने ट्रकमा सवार अन्य सबै फरार भएका छन् । चालक चौधरीको खुट्टामा गोली लागेको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । सो घट्नामा दुईजना प्रहरी घाईते भएका छन् । 

उक्त ट्रकबाट प्रहरीले ७८ केजी ८ सय ग्राम गाँजा फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पशुपतिनगरको नेतृत्वको संयुक्त टोलीले सो गाँजा बरामद गरि आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै घटनाबारे प्रहरीले जानकारी गराएको हो । 

पक्राउ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही हुने र लागूऔषध ओसारपसारमा प्रयोग भएको सवारी जफत हुने मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *