सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरमा आगलागी
मकालु खबर
२०७५ पुस ३ गते
पुस ३, काठमाडौँ । सर्वोच्च अदालत परिसरमा मंगलबार बिहान आगलागी भएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा आगलागी भएको हो ।
सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित पहिले जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो ।
भवनको भुईतलामा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको आएको छ । विद्युत सर्ट भई आगलागि भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
null
घटनाबारे बारे विस्तृत जानकारी आउन बाँकी छ ।
मकालु खबर
२०७५ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित