पटका पड्काउँदा भारतमा तीस जनाको आँखामा चोट

नयाँदिल्ली । भारतको तेलङगाना राज्यमा पटका पड्काउँदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् । दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउँदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रवार जानकारी दिए ।


उनीहरू सबैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उनले बताए । भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरू पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

“गएराती देखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,” राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भने । आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् । उनीहरूलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताए । भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ । रासस/सिन्ह्रा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *