नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शाखा काभ्रेको पाँचखालमा

मंसिर ३, काभ्रे । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको पाँचखालमा शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वार्ड नं ६ तिनपिप्लेमा पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले शाखा उद्घाटन गरिन् ।  

संस्थाका संचालक समिति सदस्य दुर्गा प्रसाद मल्लको सभापतित्वमा भएको उद्घाटनमा बोल्दै प्रमुख अतिथि पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले लघुवित्त संस्थाले ग्रामिण क्षेत्रमा सेवा विस्तार गरेर स्थानीय जनताको आर्थिक स्तर उकास्न सहयोग गर्नुपर्ने भन्दै नेपाल सेवा लघुवित्तको प्रशंसा गरिन् ।  

कार्यक्रममा पाँचखाल नगरपालिकाका समाजसेवी,वुद्धिजिवी, शिक्षक, महिला तथा वार्ड जनप्रतिनिधीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी यस संस्थाले सोहि दिन काभ्रेपलाञ्चोक जिल्ला भुम्लुटार गाँउपालिका वार्ड नं ८ मा शाखा स्थापना गरी वित्तिय कारोवार सञ्चालन गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *