कोशी अञ्चल अस्पताल पुरै डुब्यो, बिराटनगरका अधिकांश क्षेत्र जलमग्न
असार २६, विराटनगर । लगातारको वर्षाका कारण बिराटनगरका अधिकांश क्षेत्र जलमग्न भएको छ ।
विराटनगर पुरै जलमग्न भएका वेला डुबान नहुने कतिपय ठाउँहरु समेत डुवानमा पर्न थालेका छन् । बर्षाका कारण कोशी अञ्चल अस्पताल पुरै जलमग्न भएको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेको छ ।
null
विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । वर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा औषधी पसल सहितका प्रशासनिक भवनमा समेत पानी पसेको छ ।
ढलको निकाश नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समस्या भएको छ । विटनगरमा भइरहेको विकास निर्माणका क्रममा खनिएका बाटाहरुले अस्पताल सम्म उपचारका लागि पुग्न समस्या खेप्दै आएका सर्व साधारण अविरल वर्षाका कारण अस्पतालमै डुबानमा परेपछी सेवाग्राही सामस्यामा परेका छन् ।
मोरङको रतुवामाईदेखी आफन्तको उपचारका लागि कोशी अस्पताल पुगेकी रितादेवी विश्वकर्माले भनिन् ‘जताततै खाल्डो खनिएको रैछ । त्यसमाथि पानिले हस्पिटल पुरै डुबेको छ, हामी जस्ता गरिब जनता अरु प्राइभेट अस्पताल जान सक्दैनौँ । अब कसरी उपचार गराउने।’
प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रुपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी विरामीह उपचार सेवा लिन आउने गरेका छन् । अस्पतालको मुख्य प्रदेशद्वारादेखि नै सुरु भएको डुबान मर्मत सम्भार शाखा र इलेक्ट्रीक कन्ट्रोल प्यानलमा पनि पानी चुहिएर पस्दा कर्मचारीहरु असुरक्षित अवस्थामा काम गर्न बाध्य छन् । यस अघि पनि पनि पानी चुहेर इलेक्ट्रीक कन्ट्रोल प्यानल रुममा आगलागी भएको थियो ।
कोशी अञ्चल अस्पताल विराटनगरका मर्मत सम्भार शाखाका ईन्जिनियर अजयकुमार जैसवालले भने ‘पानि चुहिएर कन्ट्रोल प्यानल सम्म पसेको छ । जताततै पानि पसेर डुबान भएको छ । लाइन सर्टभएर आगो लाग्ने खतरा छ । यस्तो अवस्थामा कसरी सेवाग्राहीले सेवा पाउँछन् ?’
त्यसो त अविरल वर्षाका कारण पानि जमेर अस्पतालका विभिन्न वार्डमा पानी पसेको छ । बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता चप्पल हातमा बोकेर अस्पताल भित्र बाहिर गर्नुपर्ने पर्ने अबस्था रहेको छ ।
अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखि पानी कोशी अस्पताल भित्र सम्म पानि जमेको छ । ढलको निकास समेत नभएकाले सडकको पानीसमेत अस्पतालमा छिर्दा अस्पतालभित्र पानी जमेको हो । विराटनगरमा तीन दिनदेखि अविरल वर्षा भइरहेको छ ।