यी बायोपिक चलचित्रहरू प्रदर्शनमा आउँदैछन्

मंसिर २३, भारत ।  बलिउडमा पछिल्लो समय बायोपिक फिल्म बनाउने लहर चलेको छ । केहि वर्ष अगाडी बायोपिक फिल्म बनाउन खासै जोड गरिदैन थियो । तर केहि बायोपिक फिल्म हिट भएपछि अहिले बलिउडमा बायोपिक बनाउने लहरै छाएको छ । 

सन् २०१९ मा ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर, ठाकरे, मणिकर्णिका, पीएम नरेन्द्र मोदी, सुपर ३०, सान्डकी आँखा’ जस्ता बायोपिक फिल्म रिलिज भएका थिए । यी फिल्मले दर्शकको प्रशंसा पाउनुको साथै बक्स अफिसमा पनि राम्रो प्रर्दशन गरेका थिए । 

सन् २०२० मा यी बायोपिक फिल्म आउँदैछन् : 

छपाक 

एसिड आक्रमणमा परेकी युवतीको जीवनीमा आधारित फिल्म ‘छपाक’मा दीपिका पादुकोणको मुख्य भुमिका रहेको छ । मेघना गुलजारको निर्देशनमा बनेको फिल्म छायांकन सुरु भएसँगै चर्चामा छ । यो फिल्मको पोस्टर पनि सार्वजनिक भईसकेको छ । यो फिल्म सन् २०२० जनावरी १० मा रिलिज हुँदैछ । 

गुञ्जन शर्मा बायोपिक 

भारतको प्रथम महिला एयरफोर्स पाइलटको जीवनीमा आधारित फिल्ममा जाह्नवी कपूर मुख्य भुमिका रहने छ । यो फिल्मको लागि जाह्नवी निकै मिहेनत गरिरहेकी छिन् । फिल्ममा जाह्नवीसँगै अंगद बेदी र पंकज त्रिपाठी लगायत कलाकारको अभिनय रहने छ । यो फिल्म २०२० मार्च १३ मा रिलिज हुँदैछ । 

थलाइवी 

यो फिल्म साउथको दिग्गज अभिनेत्री तथा राजनेता जयललिताको जीवनीमा आधारित छ । कंगना रनावतको शीर्ष भूमिका रहने यो फिल्म पनि सन् २०२० जुन २६ मा रिलिज हुँदैछ । 

पृथ्वीराज 

महाराजा पृथ्वीराजा चौहानको जीवनीमा आधारित फिल्ममा अक्षय कुमारले शीर्ष भूमिका निभाउनेछन् भने मानुषी छिल्लरले पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्नेछिन् । यो फिल्म २०२० नोबेम्बर १३ मा रिलिज हुनेछ । 

सरदार उधम सिंह 

सरदार उधम सिंहको जीवनीमा पहिला पनि फिल्म बनिसकेक छ । उनको जीवनीमा पुनः फिल्म बन्दैछ । यो फिल्ममा विक्की कौशल मुख्य भुमिकामा रहेका छन् । यो फिल्म २०२० अक्टोबर २ मा रिलिज हुनेछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *