चन्द्रागिरीबाट भारीमात्रामा लागु औषधसहित १२ पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी प्रहरी वृत्त थानकोट र नागढुंगावाट विभिन्न किसिमका अवैध लागु औषध सहित १२ जनलाई पक्राउ गरेको छ। चेक जाँच गर्ने क्रममा र छुट्टाछुट्टै यात्रुवाहक बस लगायत विभिन्न स्थानबाट विभिन्न किसिमका अवैध लागु औषधसहित १२ जनालाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले विरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख २८३५ नम्बरको को यात्रुबाहक बस गाडि चेक जाँच गरी बस गाडिको डिक्की चेक जाँच गर्ने क्रममा सोही बसका सहचालक जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. १७ घर हुुने वर्ष २५ को जाकिर अन्सारीलाई पक्राउ गरिएको बताए। 

 

null

प्रहरी नायव उपरीक्षक थापका अनुसार अन्सारीले लिईआएको लागु औषध १५२ एम्पल डाईजेल्याब, १५० एम्पल फेनारगन र १४८ एम्पल नुफिन फेला परेको बताए। त्यस्तै धादिङ्ग तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको बा २ ख २९४७ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्दा जिल्ला मकवानपुर थाहा न.पा वडा नं. ७ घर हुने वर्ष २२ को राज तामाङ्गलाई झोला भित्र तामाङ्गले प्लाष्टिकमा बेरि लुकाई छिपाई लिई आएको ३ किलो लागु औषध चरेश फेला परेको प्रहरी जनाएको छ। 

बुटवलबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु १ ख ८२१५ नम्बरको को यात्रुबाहक बस गाडि चेक जाँच गरी सोही बसमा यात्रा गरी आएका जिल्ला रुपन्देही बुटवल न।पा वडा नं. ३ घर हुुने वर्ष २१ को मन्दिप दर्लामिको झोलावाट लागु औषध नाईट्राभेट १३८ ट्यावलेट फेला परेको हो। 

 

प्रहरीले लागुऔषधमा संमलग्नलाई पनि शार्वजनिक गरेको छ काठमाडौ चन्द्रागिरी न.पा वडा नं. ४ थानकोट मंगलोदय स्कुल स्थित सडक खण्डमा जिल्ला काठमाण्डौँ चन्द्रागिरी न।पा ३ थानकोट घर हुुने वर्ष ३४ को सोम गोपाली,चन्द्रागिरी न.पा ४ थानकोट बस्ने वर्ष २६ को सुसन गोपाली, सोनु श्रेष्ठ को साथवाट फेनार्गन,डाइजेल्याब र नुफिनक गरि ५४ एम्पल लागुऔषध सहित पक्राउ गरेको प्रहरीले वताएको छ। 

बुटवल तर्फबाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु १ ख ९९८५ नम्बरको को यात्रु बाहक बस गाडि चेक जाँच जिल्ला रुपन्देही बुटवल न.पा वडा नं. १५ घर हुुने वर्ष २५ को किशान छन्ट्याललाई लागु औषध नाईट्राभेट १७ ट्यावलेट र ४र४ एम्पल फेनारगन नुफिन र डाईजेपाम फेला परेको छ। प्रहरीले चन्द्रागिरि नैकाप वाट ७७ ग्राम चरेस र २० ग्राम गाँजा सहित जिल्ला मकवानपुर ५ पिप्ले घर भई चन्द्रागिरि १४ वस्ने वर्ष ३२ को गजराज श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ। 

 

धरानवाट काठमाडौ आउदै गरेको ना ५ ख ४६८९ वस वाट जिल्ला सुनसरी ईनरूवा ७ का विकास चौधरी र सिराहा लाहान १० का प्रदिप चौधरी वाट १७८ ट्यावेलेट नाइट्राजेपाम र ११० ग्राम गाँजा सहित पक्राउ परेका हुन्। 

त्यस्तै कपिलवस्तु यसोदा गापा ५ मनोज वरै वाट २७ ट्यापलेट नाईट्राभ्याट सहित पक्राउ गरिएको हो। महोतरी वालुवा गाउँ पालिका ९ का विनायक यादव वाट २८ ट्यापलेट नाईट्राभ्याट सहित पक्राउ परेको प्रहरी वतायो। 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *