पूर्वी जेरुसेलम क्षेत्रबाट ५१ जना प्यालेस्टिनीलाई इजरायलद्वारा पक्राउ

जेरुसेलम । इजरायली प्रहरीले पूर्वी जेरुसेलममा आइतबार राति छापा मारी प्यालेस्टिनी स्वतन्त्रताका लागि हिंसात्मक विरोधका आन्दोलन चलाएको आरोपमा विभिन्न ५१ जनालाई पक्राउ गरेको इजरायली अधिकारीले जनाएका छन् ।

पूर्वी जेरुसेलमको इशावियाबाट प्यालेष्टिनी आन्दोलनकारी भएको अनुमानमा उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको इजरायली प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । उनीहरूले इजरायली प्रहरीमाथि विष्पोटक पदाथ, ढुङ्गा तथा इट्टा प्रहरीमाथि प्रहार गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई सोमबारै अदालतमा हाँजिर गराइँदै छ । प्यालेष्टिनी युवाहरूले पूर्वी जेरुसेलमका केही भागमा इजरायली सुरक्षाकर्मीसँग लगातार हिंसात्मक गतिविधि गराइरहेको आरोप इजरायलको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *