भिडियो देखाएर बलात्कृतसँगै बार्गेनिङ

मंसिर २, वीरगन्ज । टोलकै चार जनाले एक महिलालाई सामुहिक बलात्कार गरे । 

वीरगन्ज महानगरपालिका १८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरीबाजुर गर्न गईनन् । डरले मौन बसिन् । श्रीमान ३ बर्षदेखि वैदेशिक रोजगारमा छन् । 

बलात्कृत भएको दुई दिनपछि एक युवकले मोबाईलमा भिडियो देखाउँदै पैसा मागे । 

null

पैसा नदिए अरुलाई पनि देखाईदिने भन्दै धम्क्याए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गत्ते जिल्ला प्रहरी कार्यलय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिईन् । 

मुद्धा प्रहरीकोमा आएपछि आरोपित फरार रहेको खबर आजको कान्तिपुर दैनिकमा छ । 

कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनो साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले बलात्कार गरेको पीडित महिलाको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *