‘देउता, राजा र जनता कसैसँग डर नहुँदा मुलुकमा ब्रम्हलुट’

असार २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हावी भएको बताएका छन् । 

राप्रपा धनकुटा जिल्ला समितिद्वारा आज (आइतबार) आयोजित अन्तरक्रिया एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देउता, राजा र जनता कोहीसँग पनि डर नभएका कारण मुलुकमा ब्रम्हलुट र मनपरितन्त्र हावी भएको बताएका हुन् । 

‘अभिभावकको रुपमा रहेको राजसंस्थालाई षड्यन्त्रपुर्वक पाखा लगाइयो । पछिल्लो समय धर्मलाई अफिम भन्ने तथा जनतालाई भ्रम र लोभ लालचमा झुक्याउन सकिन्छ भन्ने मनोविज्ञान भएकाहरु मुलुकमा हावी भएका छन् । अहिले मनपरितन्त्र बढेको छ’, पूर्व प्रधानमन्त्रीसमेत रहेका थापाले भने । 

null

मुलुकमा संस्थागत र नितिगत रुपमा भ्रष्टाचार मौलाएको उनको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *