अनावश्यक बहसमा टिकेको युट्युबकारिता
साउन ७, काठमाडौं । दुई साता यता नेपाली फिल्म ईन्ड्रष्ट्रि एकै बिषयले तातेको छ । त्यो हो ‘नायिका शिल्पा र निर्माता छविको सम्बन्ध ।’ सामाजिक सञ्जाल यूटुयूबमा यस विषयले प्रवेश त पाएको छ नै सामाजिक सञ्जालमा पनि यसको चर्चा उतिकै छ ।
नायिका शिल्पा पोखरेलले छविविरूद्ध घरेलु हिंसाको मुद्दा हाले लगतै यसले चर्चा पाएको हो । यही मौका छोपेर छविकी पहिली पत्नी हेमा ओझाले पनि महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहको उजुरी हालेकी छिन् ।
null
‘मिडिया बुझेका पाठकहरुले यस्ता ‘कन्टेन्ट’ लाई बेवास्ता गर्छन् तर अधिकाशं पाठक मिडिया बुझेका हुँदैनन् । फलस्वरुप जे पायो त्यही समाचारहरु पढ्ने सेयर गर्ने र त्यही अनुसार धारणा बनाइरहेका हुन्छन् ।’
पछिल्लो समय यीनै विषयमा टेलिभिजन, पत्रपत्रिका, अनलाईन पत्रिका लगायतका सञ्चार माध्यममा बहस र चर्चाको विषय बनेको छ । युट्युबमा अझै यो विषयको ज्यादा क्रेज छ ।
दुई साता यता ‘नायिका शिल्पा र निर्माता छविको समबन्धका विषयमा सम्बन्धित पात्र तथा उनीहरुका विषयमा अरुले बोलेका अन्तरवार्ता तथा कन्टेन्टहरु ट्रेन्डिङमा आइरहेका छन् । ट्रेन्डिङमा छवि –शिल्पाकै विषयमा बनेका एउटा मात्र होईन दर्जन भन्दा बढी भिडियोहरु छाइरहेका छन् । भाइरल भएका यी कन्टेन्ट विषेशगरी टेलिभिजन हाउसहरुले बनाएका नभई पछिल्लो समय भेलबाढी जसरी आएको यूटुयूब च्यालनहले बनाएका हुन् ।
यूटुयूब खोल्यो मात्रै भने पनि छवि–शिल्पाको समबन्ध यस्तो र उस्तो मात्रै टेन्डिङ र रिकमेन्डेडमा आँउछ । अरु सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको त कुरै छोडौँ ।
के यो विषय सर्वस्व छाडेर बहस गर्नुपर्ने विषय हो त ? एकथरीको तर्क हुनसक्छ, सेलिब्रेटी हुन्, उनीहरुको व्यक्तिगत जीवनको बारेमा चासो र चर्चा हुनु स्वाभाविक हो । तर, यत्ति धेरै चर्चा आवश्यक छ त ? कतिपयले भाईरल हुनकै लागि छवि र शिल्पाको विषयमा बोलेर युट्युबमा सामाग्री हालिरहेका छन् । यो प्रसंगको यति धेरै बहस भइरहेको छ कि यो बाहेक बहस हुनुपर्ने विषय अहिले नेपाली समाजमा नै छैन । अथवा उनीहरुको धेरै चर्चा नगर्दा सर्वस्व नै छुट्छ । यो विषयलाई धेरै महत्व नदिँदा ‘आकाश खस्छ, अनि धर्ती नै भासिन्छ’ ।
पुराना चललिचत्र पत्रकारहरु भन्छन्, ‘पछिल्लो समय मनोरञ्जन पत्रकारिता यस्तै ‘चटपटे गसिप कन्टेन्ट’ ले धानेको छ । यसैले युट्युबरको खेती फष्टाएको छ । यस्ता कन्टेन्ट नै धरै हेरिने नेपाली समाजको मानसिकता स्तर कस्तो छ यहीबाट मापन हुन्छ ।’
तर एकथरी पाठक र दर्शकलाई लाग्न सक्छ, बहस हुनुपर्ने विषयमा कहिल्लै बहस भएकै छैन । महत्वपुर्ण विषयहरु सधैँ नै ओझेलमा परिरहेका छन् । युट्युबकारिता गर्नेहरुले सामान्य घटनालाई अनावश्यक तोडमोड र अतिरञ्जित गरि महत्वपुर्ण विषयहरुलाई छुटाइरहेका छन् । हो, उनीहरु कलाकार हुन् त्यसैले नेपाली फिल्मका दर्शकलाई उनीहरुको विषयमा चासो हुन सक्ला । तर युट्युबकारितामा यति धेरै बहस र चर्चा आवाश्यक हो त ? यी विषयमा पाका पत्रकारहरु भन्छन्, ‘युट्युबका पत्रकारहरुले यी दुई प्रसंग अनावश्यक उचालेर घरको चुल्हो बालिरहेका छन् ।’
पुराना चललिचत्र पत्रकारहरु भन्छन्, ‘पछिल्लो समय मनोरञ्जन पत्रकारिता यस्तै ‘चटपटे गसिप कन्टेन्ट’ले धानेको छ । यसैले यूटुयूबरको खेती फष्टाएको छ । यस्ता कन्टेन्टनै धरै हेरिने नेपाली समाजको मानसिकता स्तर कस्तो छ यहीबाट मापन हुन्छ ।’
कहिले कसैले कस्तो गीत चोरीको आरोप त कहिले हिरो हिरोइनको ब्रेकअप । अनि कहिले कलाकारको फेसबुक स्टाटस्, त कलाकारको पहिरन । कुनै कलाकारले कतै समुन्द्रमा के–के गरिन् देखि कालीबाबाको भविश्यवााणीसम्म नेपाली मनोरञ्जन युट्युबकारितामा भाईरल बनिरहेका छन् ।
‘बक्स अफिसको फाइदा घाटा, नेपाली फिल्मको अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन, भारत, म्यानमार लगायतका नेपाली भाषीमाझ नेपाली फिल्म पुर्याउने विषय कहिल्यै बहसको विषय बनेको छैन । यूटुयूबमा यी विषय सर्च गर्दा कुनै कन्टेन्टनै भेटिदैँन । फिल्म पोलेसी, कपीराईट, कलाकारको पारिश्रमिक, नेपाली फिल्मको स्तरिकणजस्ता विषयमा पत्रकारिता तथा यूटुयूबकारिताको ध्यान गएकै देखिन्नँ ।
यो भन्दा माथी उठेर ‘नेपाली फिल्मको विकास र बिस्तार, फिल्म सिटिको आवश्यकता र निर्माण गर्न सरकारलाई दबाब,’ यस्ता विषयमा बहस कहीँ कतै भएको पाइँदैन ।
‘बक्स अफिसको फाइदा घाटा, नेपाली फिल्म अन्तरष्ट्रिय स्तरमा प्रदर्शन, भारत, म्यानमार लगायतका नेपाली भाषीमाझ नेपाली फिल्म पुर्याउने विषय कहिल्यै बहसको विषय बनेको छैन । यूटुयूबमा यी विषय सर्च गर्दा कुनै कन्टेन्टनै भेटिँदैन । फिल्म पोलेसी, कपीराईट, कलाकारको पारिश्रमिक, नेपाली फिल्मको स्तरिकणजस्ता विषयमा पत्रकारिता तथा यूटुयूबकारिताको ध्यान गएकै देखिन्नँ । अत्यन्तै सस्ता, र सामान्य विषयमा मात्र केन्द्रित हुँदै मनोरञ्जन पत्रकारिता छाएको छ । अर्थात् अधिकाशंले स्वस्थ रुपमा सामाग्री सम्प्रेषण नगरि अनावश्यक हेडलाईन हालेर भ्रामक कन्टेन्ट बेचिरहेका छन् ।
अपवाद रुपमा फिल्म विकासको लागि बहश गर्न सामथ्र्य राख्ने ‘कन्टेन्ट’ लेख्नेहरु भएपनि उनीहरुको कन्टेन्ट यस्तै कन्टेन्टहरुको भिडमा हराउँछ । एउटा सिङगै बोराको सबै आलु कुहिएको छ भने त्यस बोरामा एउटा सद्दे आलु मिसाउँदा त्यो सद्दे रहँदैन भनेझै भएका छन् उनीहरु । अर्थात् राम्रो ‘कन्टेन्ट’ लेख्नेहरु सधै छायाँमै परिरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव पाठक र दर्शकलाई परिरहेको छ ।
‘मिडिया बुझेका पाठकहरुले यस्ता ‘कन्टेन्ट’ लाई बेवास्ता गर्छन् तर अधिकाशं पाठक मिडिया बुझेका हुँदैनन् । फलस्वरुप जे पायो त्यही समाचारहरु पढ्ने सेयर गर्ने र त्यही अनुसार धारणा बनाइरहेका हुन्छन् । त्यसको प्रतिबिम्ब उनीहरुले सामाजिक सञ्जालमा पोख्ने विचारबाट प्रष्ट हुन्छ । भनिन्छ, ‘मिडिया समाजको ऐना हो र यो धमिलो भयो भने पाठकहरुको सोचाई पनि धमिलिन्छ ।’ अहिले युट्युबकारिताले पाठक र दर्शकको सोचाई धमिल्याउने काम गरेको छ ।