बागलुङ दुर्घटनामा देउवाद्वारा दुःख व्यक्त
मकालु खबर
२०७६ मंसिर १७ गते
१७ मंसर, काठमाडौं । मंगलबार बिहान गुल्मीबाट कुलपुजाको लागि बागलुङ जाँदै गरेको जिप दुर्घटना हुँदा ज्यान गुमाएकाहरुप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त गरिएकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनामा ज्यान गुमाएका १४ जनालाई श्रद्धाञ्जली अपर्ण गर्दै दुःख व्यक्त गरेका हुन् । साथै उनले यस दुर्घटनामा परी घाइते भएकाहरुको समेत शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
सभापति देउवाले पछिल्लो समय एकछि अर्को गर्दै ठूलो दुर्घटना भएको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाको छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।
मकालु खबर
२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित