ईटहरीका औषधि पसलहरूमा लागुऔषध विक्रि वितरण हुने गरेकाे पुष्टि

असोज २७, विराटनगर ।  सुनसरीकाे ईटहरी स्थित औषधि पसलहरूमा लागुऔषध विक्रि वितरण गर्ने गरेको पाईएको छ । नेपालमा प्रतिबन्धित लागुऔषध ईटहरी २ पशुपती चोक स्थित तिरुपती मेडिकल पसलमा बेच्ने गरेको पाईएको हो । मोरङको सुन्दर हरैचा ४ बस्ने २६ बर्षिय नरेश यादवले सञ्चालन गर्दै आएको उक्त मेडिकल पसलमा लागुऔषध बेच्ने गरेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । 

विशेष सुचनाको आधारमा गत असोज २३ गते पूर्वपश्चिम राजमार्ग स्थित सुन्दर हरैचा नगरपालिका १० र १२ को सिमानामा मोटरसाईकल चालकलाई चेक गर्दा प्रहरीले ठूलो परिणाममा लागुऔषध बरामद गरेपछि उत्त कुरा बाहिरिएको हो । प्रहरीले ईटहरी २ बस्ने असिम श्रेष्ठले चलाएको मोटर साईकल चेकजाँच गर्दा झोला भित्र ठूलो परिणाममा लागु औषध बरामद गरेका थिए । 

लागु औषध भारतबाट लुकाईछिपाई ल्याउने असिम श्रेष्ठ र मेडिकल पसलका नरेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी नियन्त्रण लिएका दुवैलाई सार्वजनिक गरेका हुन् । प्रहरीले असिम श्रेष्ठको साथबाट Spas pain १६७० पिस (ट्याव्लेट), Cetadol-50f १६२० पिस (ट्याव्लेट), Rimodol-50 ६ पिस (ट्याव्लेट),  मोवाइल १ थान र को १३ प १२७६ नं. को मोटरसाईकल समेत बरामद गरेकाे छ । 

तिरूपती मेडिकलबाट DIALEX-DC लेखिएको खाली बोतल २ थान, Spaspain लेखिएको २१९ पिस (ट्यावलेट) को खोल र Spasmo लेखिएको १९ पिस (ट्याबलेट) खाली पत्ता फेला पारेका थिए । लागुऔषध नेपाल–भारत पुर्वी नाकाबाट ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको हो । पक्राउ परेका दुवैलाई लागु औषध ओसार पसार एैन अन्तर्गत मुद्धा दर्ता गराई कारबाही अगाडी बढाईने मोरङ प्रहरीले जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *