प्रिमियर लिगमा आर्सनलको सहज जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । मंगलबार भएको खेलमा आर्सनलले फुलहमलाई ४ – १ गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । फुलहमका अबुबाकर कामराले गोल फर्काए । फुलहमविरुद्ध खेलको २५ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ – ० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा तीन गोल गर्यो । 

खेलको ५५ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनलको अग्रता २ – ० को बनाए  । तर, खेलको ६९ औं मिनेटमा फुलहमका कामराले गोल गर्दै खेल २ – १ को स्थितिमा ल्याए । खेलको ७९ औं मिनेटमा रामसेले गोल गर्दै आर्सनललाई ३ – १ को अग्रता दिलाए  । त्यसपछि खेलको ८३ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए । 

null

जितसंगै पाँचौ स्थानको आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ । आर्सनलले चौथो स्थानको चेल्सीसंगको अंक दुरी २ अंकमा झारेको छ ।पराजित फुलहम १४ जोडेर रेलिगेसन जोनमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *