निर्वाचन तोकिएकै मितिमा हुन्छ अब शङ्का छैनः प्रचण्ड
“
कात्तिक १०, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तोकिए कै मितिमा निर्वाचन हुने बताएका छन् । शुक्रवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनका सम्बन्धमा कायम आशंका हटेको बताए ।
‘हिजो सम्म निर्वाचन हुँदैन की भन्ने भ्रम थियो,सरकार र दलबीचको छलफलपछि आशंका हट्यो,’उनले भने ‘अब,सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हन्छ ।’ उनले प्राविधिक कुरामा निर्वाचन आयोगले काम अगाडी बढाएको बताए ।
अर्को प्रसङ्गमा प्रचण्डले वाम गठबन्धले कांग्रेसलार्इ एकजूत बनाएकाे बताए । अब, बामतालमेलसँग काँग्रेस अत्तालिनुपर्दैन, प्रतिशपर्धा गर्ने हैसियत बनिसक्यो’ उनले भने । ‘हाम्रो एकताले काँग्रेस भित्रको अराजक्ता, गुट, उपगुटलाई मिल्न बाध्य भयो ।’
अध्यक्ष प्रचण्डले वाम गठबन्धन प्रति तरंङगित हुन आवश्यक नभएको बताए । बाम गठबन्धन बनाएर काँग्रेसलाई ठुलो गुन लगाएको बताउँदै काग्रेसलाई गठबन्धनसँग नअातिन आग्रह गरे । उनले अब बन्ने नयाँ सरकार पाँच वर्षको हुने बताउँदै जनताको विकास प्रतिको इच्छा नयाँ सरकारले पुरा गर्ने बताए । ‘सरकार बेला बेलामा फेरिदा विकासका काम हुन सकेका छैनन्,’ उनले भने ‘निर्वाचन पछि बहुमति सरकार बन्छ, त्यसैले पाँच वर्ष सम्म सरकार चलाएर विकास गर्ने छौ’ उनले भने ।”